स्वास्थ्य पत्रकार निशा डाँगी अब प्रतिनिधि सभाको सांसद
काठमाडौँ, २५ मंसिर । निशा डाँगी अब प्रतिनिधि सभा सदस्य (सांसद) बन्ने भएकी छन् । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार निर्वाचन आयोगलाई बुझाएको समानुपातिक तर्फबाट निर्वाचित हुने १३ जना सदस्यको सूचीमा उनको नाम पनि परेको छ ।
उनी खस आर्य महिला तर्फको कोटाबाट सूचीमा परेकी हुन् ।
स्वतन्त्र पार्टीमा लाग्नु अघि डाँगी पत्रकारिता पेशामा आवद्ध थिईन् । पत्रकारितामा स्नातकोत्तर गरेकी निशासंग पछिल्लो पाँच वर्ष अनलाइन तथा टेलिभिजनमा स्वास्थ्य विटमा पत्रकारिता गरेको अनुभव छ । पत्रकारिता तर्फ पछिल्लो समय डाक्साव डटकममा कार्यरत उनी स्वास्थ्य पत्रकार मञ्च नेपालको सदस्य समेत हुन् ।
झापा स्थायी घर भएकी डाँगी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् । राजनीतिक क्षेत्रमा प्रवेश गरेको बर्ष दिन नपुग्दै उनले प्रतिनिधिसभा जस्तो महत्वपूर्ण स्थानमा आफ्नो उपस्थिति जनाउन पाउने भएकी छन् ।
सम्पर्क इमेल : [email protected]