स्वास्थ्यको राष्ट्रिय संयुक्त बार्षिक समीक्षा बैठक भक्तपुरमा सुरु

भक्तपुर, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय संयुक्त बार्षिक समीक्षा २०७८/०७९ सुरु भएको छ । विहान ९ बजे देखि भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सुरु प्राविधिक सत्र सुरु भएको हो ।
यद्धपी औपचारिक उदघाटन भने केहीबेरपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले गर्नेछन् ।
दुई दिनसम्म चल्ने यो समीक्षा बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा महाशाखा, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पतालहरुले एक वर्षमा सम्पन्न गरेका काम, उपलव्धी तथा समस्याहरु पेश गर्ने छन् ।
प्राविधिक सत्रलाई स्वास्थ्य विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सम्वोधन गरेका छन् । उनले स्वास्थ्यले लिएको लक्ष्य, सूचक, र रणनीतिहरु कति सफल भए र कति बाँकी छन्, के कस्ता अफ्ट्याराहरु छन् यो बैठकमा आउने बताए । उनले समस्याहरु समाधान गर्दै अघि बढ्नका लागि यो बैठक सहयोगी हुने विश्वास समेत व्यक्त गरे ।
भोलीसम्म चल्ने बैठकमा भाग लिन स्वास्थ्यका बरिष्ठ अधिकारी, विभिन्न निकायका प्रतिनिधिहरु सहितका कर्मचारीहरु अहिले बोडे पुगेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



