बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

बीबीसी । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्।

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

उनले उनको प्रिय आमाको निधन एउटा ‘ठूलो दुःखको क्षण’ भएको बताएका छन्।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेः ‘हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।’

उनले भनेका छन् शोक र परिवर्तको अवधीमा उनी र उनको परिवारलाई  ‘महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको भन्ने जानकारी’ ले सान्त्वना प्रदान गर्नेछ।

निधन

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, ‘आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट ९राजाको धर्मपत्नी० आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।’

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले ‘महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको’ बताएकी छन्।

नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः ‘हामी उनी समक्ष उनको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौ ूर दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठीक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् ९ईश्वरले राजाको रक्षा गरुन् ।’

प्रधानमन्त्री
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए, सन् १८७४ मा जन्मेका विन्स्टन चर्चील देखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म।

राज्यकालभरी नै उनले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्ने गर्दथिइन्।

लण्डनस्थित बकिंघम राजदरबार बाहिर महारानीको स्वास्थ्य अवस्थाबारे जानकारीको प्रतिक्षा गरिरहेका मानिसहरू उनको निधनको समाचार सुनेर रून थालेका थिए। स्थानीय समय अनुसार बेलुकीको साढे छ बजे महारानीको निधन भएको घोषणा गरिएपछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबार बाहिर राखिएको थियो।

महारानीको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो।

उनी ब्रिटेनको महारानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टम्‌ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागे। त्यसपछि उनका पिता राजा जोर्ज छैठौँ बनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने उनी राजगद्दीको उत्तराधिकारी बन्न पुगेकी थिइन्।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *