क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या हजारभन्दा बढी

68
Shares

ओटावा, २६ साउन । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।

क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धि निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् ।तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ ।

त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलोम्बियामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट विरामी भएका छन् ।

मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *