पाकिस्तानमा डेंगु संक्रमण फैलियो

80
Shares

एजेन्सी । पाकिस्तानमा डेंगुको सङ्क्रमण फैलिँदै गएको छ । डेंगु फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

स्थानीय स्वास्थ्य विभागका अनुसार डेंगुको सङ्क्रमण फैलिएपछि रावलपिण्डी जिल्लालाई अति संवेदनशील जिल्लामा राखिएको छ । त्यहाँका अस्पताललाई डेंगु भएका बिरामीको तत्काल उपचार थाल्न निर्देशन दिइएको छ । डेंगुनियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ ।

एक हजारभन्दा धेरै समूह लामखुट्टे नष्ट गर्ने अभियानमा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेंगुको भाइरसबाट सङ्क्रमित एडिस जातका पोथी लामखुट्टेको टोकाइका कारण यो रोग मानिसमा सर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *