अक्सिजन प्लान्ट बिस्फोट हुँदा एक जनाको ज्यान गयो, छ जना घाइते

292
Shares
तस्बिर : सेतोपाटी

ललितपुर, ८ बैशाख । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार घर भएका प्लान्टका कामदार ४५ बर्षीय बृजमोहन महतो रहेको प्रहरीले जनाएको छ ।

बिस्फोटमा अन्य ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञ विनोद पोखरेलले जानकारी दिए।

‘औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको छ। विस्फोटमा ६जना घाइते भएकामा १ जनाको मृत्यु भएको छ,’ एसएसपी पोखरेलले भने।

उनका अनुसार अक्सिजन भर्ने क्रममा एउटा सिलिण्डर विस्फोट भएको थियो। एउटा सिलिण्डर विस्फोट हुँदा नजिकै रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको जानकारी प्राप्त भएको एसएसपी पोखरेलले जानकारी दिए।

प्रहरीले बिस्फोटको समयमा १० जना कार्यरत रहेको जनाएको छ । त्यसमध्ये २ जना आफूहरुको सम्पर्कमा आएको बताएको छ । घाइतेहरुको पाटन र बीएण्डबी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *