दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित

सोल, ४ बैशाख । दक्षिण कोरियामा चौबिस घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन्। यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन्।
दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना संक्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको थियो।
यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना संक्रमण भएको थियो। यहाँ कोरोना संक्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
गत चौबिस घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना संक्रमण को कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ। यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ।
सिन्हा
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



