लगानीकर्ताका छोराछोरीलाई कोटा छुट्याउने केयुको निर्णय

2.4k
Shares

ku

काठमाडौँ , १ असार –  मेडिकल कलेजका लगानीकर्ताका छोराछोरीलाई एक सिट सुरक्षीत गर्ने काठमाडौँ विश्वविद्यालयको निर्णय प्रति राष्ट्रिय चिकित्सक संघले विरोध जनाएको छ । मंगलबार उपकुलपतिलाई पत्र लेख्दै संघले तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।

विश्वविद्यालयले यसपटक देखी आफूसंग सम्वन्धन लिएका कलेजका लगानीकर्ताका छोराछोरीलाई भन्दै एक सिट सुरक्षीत गर्ने निर्णय गरेको छ । केयु अन्तगर्त काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज जोरपाटी, मणिपाल मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, कलेज अफ मेडिकल साइन्सेज भरपुर चितवन, लुम्विनी मेडिकल कलेज पाल्पा, कान्तिपुर डेन्टल कलेज काठमाडौँ, नोवेल मेडिकल कलेज विराटनगर लगायतका कलेजमा मेडिकल अध्ययन हुन्छ ।

विश्वविद्यालयको काउन्सेलिङ नीति अन्तरगतको भनिएको सो निर्णयले मेरिटको आधारमा भर्ना गर्ने पद्धपीलाई समेत लत्याउने र मेरिटमा रहने उम्मेदवारको मनोवल कमजोर हुने दावी गरेको छ ।

संघका अध्यक्ष डा. सन्तोष पौडेलद्धारा हस्ताक्षरित पत्रमा पत्रमा भनिएको यो निर्णय सच्याइएन भने मेडिकल क्षेत्रको गुणस्तरमा समेत ह्रास आउने निश्चित छ । तसर्थ यो पछिल्लो निर्णय सच्याउन हामी जोडदार माग गर्दछौँ । अन्यथा यो निर्णयको विरुद्ध कडा कदम चाल्न बाध्य हुनेछौँ ।

केयुलाई लेखेको पत्र हेर्नुस

ku letter

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *