चिकित्सा शिक्षा स्नातक तहको लागि एकीकृत प्रवेश परीक्षा १८ देखि २१ चैतमा

540
Shares

काठमाडौँ, २७ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा आगामी १८ देखि २१ चैतसम्म गर्ने भएको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै सो परीक्षामा भाग लिनका लागि आगामी ६ चैतसम्म परीक्षा अनलाइन आवेदन दिईसक्न भनेको छ ।

आयोगका अनुसार एमबीबीएस, बीडीएस, विएस्सी नर्सिङ, बीएएसएलपी, बी परफुसन टेक्नोलोजीको परीक्षा १८ चैतमा हुनेछ ।

यस्तै बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेन्ट्री र बीपीटीको परीक्षा २० चैतमा राखिएको छ ।

यस्तै बीपीएचको परीक्षा २१ चैतका लागि तोकिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *