चिकित्सा शिक्षा स्नातक तहको लागि एकीकृत प्रवेश परीक्षा १८ देखि २१ चैतमा
काठमाडौँ, २७ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा आगामी १८ देखि २१ चैतसम्म गर्ने भएको छ ।
आयोगले एक सूचना प्रकाशित गर्दै सो परीक्षामा भाग लिनका लागि आगामी ६ चैतसम्म परीक्षा अनलाइन आवेदन दिईसक्न भनेको छ ।
आयोगका अनुसार एमबीबीएस, बीडीएस, विएस्सी नर्सिङ, बीएएसएलपी, बी परफुसन टेक्नोलोजीको परीक्षा १८ चैतमा हुनेछ ।
यस्तै बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेन्ट्री र बीपीटीको परीक्षा २० चैतमा राखिएको छ ।
यस्तै बीपीएचको परीक्षा २१ चैतका लागि तोकिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]