युक्रेनमा पीजी अध्ययनका लागि पुगेका दुई जना डाक्टर काउन्सिलको सम्पर्कमा

2.1k
Shares

काठमाडौं, १३ फागुन । काठमाडौं, १३ फागुन । युक्रेनमा चिकित्सा शिक्षा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तह अध्ययनका लागि पुगेका दुई जना नेपाली चिकित्सक नेपाल मेडिकल काउन्सिलको सम्पर्कमा आएका छन् ।

रुसले विहीबारबाट आक्रमण सुरु गरेपछि युक्रेनमा बस्ने नेपालीको खोजी भएको छ । त्यहाँ ४४ जना बढी नेपाली विद्यार्थीहरु रहेको बताइएको छ । तर काउन्सिलको तथ्यांकमा भने पीजी अध्ययनका लागि तीन जना मात्रै नेपाली विद्यार्थी त्यहाँ पुगेको देखिएको छ ।

‘काउन्सिलको रेकर्डमा तीन जना नेपाली विद्यार्थी पीजी अध्ययन्का लागि युक्रेनमा गएको देखिएको छ । त्यसमध्ये दुई जना पछिल्लो विकसित घटनाक्रम पछि काउन्सिलको सम्पर्कमा आएका छन्,’ काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने ।  उनले दुई जना चिकित्सकहरुले आफूहरुलाई नेपालमै थप पढाई गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको समेत बताए ।

‘दुई जनाले अब हामी फर्कनु पर्ने भयो । त्यहि बाँकी अध्ययन् त्यहि पुरा गर्ने व्यवस्था मिल्छ होला नि डाक्टर साव भनेर फोन गर्नु भएको थियो । मैले पहिले आफ्नो सुरक्षालाई प्राथमिकता दिनु भनेको छु,’ डा अधिकारीले भने ।

विहीबार विहानैबाट युक्रेनमाथि आक्रमण गरेको रुसी सेना अहिले राजधानी किब सम्म पुगिसकेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *