डा. भीमसिंह तिंकरीको कलेजो प्रत्यारोपण सफल

3.6k
Shares

काठमाडौँ, १८ माघ । दुई साता अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अवकाश लिएका प्रमुख विशेषज्ञ डा भीम सिंह तिकंरीको कलेजो प्रत्यारोपण सफल भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उनको कलेजो प्रत्यारोपण गरिएको हो । डा तिंकरीलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गरेका हुन् ।

डा तिंकरी पछिल्लो एक वर्ष देखि अस्वस्थ थिए । पछिल्लो केही महिना त उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर कलेजोको उपचार समेत गराएका थिए । शिक्षण अस्पतालका चिकित्सकहरुले पनि उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका थिए ।

डा तिंकरीले केहीवेर अघि फेसबुकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी दिदै कलेजो प्रत्यारोपण गरेको उल्लेख गरेका छन् । दिल्लीस्थित म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा सुभाष गुप्ताको टोलीले प्रत्यारोपण गरेको छोराले आफूलाई कलेजो दान दिएको उल्लेख गरेका छन् ।

डा तिंकरी गत २ माघ देखि सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *