नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ , २३ पुस । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस महिनामा १ हजार १४६ पोजेटिभ नमुनाको एस–जीन स्क्रिनिङ गर्दा २५० नमुनामा एस–जिन नेगेटिभ पत्ता लागेको थियो । सो मध्ये २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको हो ।
त्यस्तै नेपालमा मंसिर २० मा दुई जना ब्यक्तिमा ओमिक्रोन भाइरस पुष्टि भएको थियो । उनीहरु ६६ बर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ बर्षीय व्यक्ति थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



