नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ , २३ पुस । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस महिनामा १ हजार १४६ पोजेटिभ नमुनाको एस–जीन स्क्रिनिङ गर्दा २५० नमुनामा एस–जिन नेगेटिभ पत्ता लागेको थियो । सो मध्ये २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको हो ।

त्यस्तै नेपालमा मंसिर २० मा दुई जना ब्यक्तिमा ओमिक्रोन भाइरस पुष्टि भएको थियो । उनीहरु ६६ बर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ बर्षीय व्यक्ति थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *