बालबालिकालाई कोभिडविरुद्धको खोप : ५७ जिल्लामा मोडर्ना, २० जिल्लामा फाइजर (सूचीसहित)

काठमाडौँ, ३ पुस । सरकारले ४ पुस (भोलि) बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउने अभियान सुरु गर्दैछ । यो अभियानका लागि फाइजर र मोडर्ना खोप तय गरिएको छ ।

तर दुबै खोप एकैपटक सञ्चालन भने हुनेछैनन् । मोडर्ना खोप भोलि सुरु हुन्छ भने फाइजर खोप केही पछि ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले ५७ वटा जिल्लामा लगाउने तय भएको मोडर्ना खोपको पहिलो डोज ४ पुस ( भोलि) बाट सुरु भई १४ पुससम्म चल्ने छ । पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज २ माघ देखि १२ माघसम्म चल्नेछ ।

यस्तै फाइजर खोप सञ्चालन गरिने २० जिल्ला मध्ये ८ जिल्लामा आगामी १३ देखि २२ पुसमा पहिलो डोज र ४ देखि १३ माघसम्म दोस्रो डोज दिईदै छ । बाँकी १२ वटा जिल्लामा भने लगाउने मिति पछि तय गरिने विभागले जनाएको छ ।

यसपटक विभागले विद्यालयहरुमा खोप केन्द्र सञ्चालन गर्ने बताएको छ ।

यी हुन् मोडर्ना खोपको पहिलो डोज ४ पुस ( भोलि) बाट सुरु भई १४ पुससम्म सञ्चालन हुने जिल्लाहरु :

प्रदेश नं १
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर गरी ११ जिल्ला

प्रदेश नं २
सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ५ जिल्ला

बागमती प्रदेश
दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर गरी ७ जिल्ला

गण्डकी प्रदेश
गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी ९ जिल्ला

लुम्बिनी प्रदेश
रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया गरी ९ जिल्ला

कर्णाली प्रदेश
डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी ९ जिल्ला ।

सुदूरपश्चिम प्रदेश
बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर गरी ७ जिल्ला

१३ देखि २२ पुससम्म पहिलो डोज फाइजर खोप सञ्चालन हुने जिल्ला :

बागमती प्रदेश
काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली गरी ६ जिल्ला ।

सुदुरपश्चिम प्रदेश

डडेल्धुरा

कर्णाली प्रदेश

सुर्खेत

फाइजर खोप नै सञ्चालन हुने तर मिति तय नभएका जिल्लाहरु:

प्रदेश नं १
झापा, मोरङ, सुनसरी

प्रदेश नं २
सप्तरी, धनुषा, पर्सा

गण्डकी प्रदेश

कास्की र बाग्लुङ

लुम्बिनी प्रदेश

रुपन्देही, बाँके र दाङ

सुदुरपश्चिम प्रदेश

कैलाली

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *