स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस
काठमाडौं, २९ कात्तिक । स्वास्थ्य सेवातर्फको रिक्त ३ प्रमुख विशेषज्ञ पदका लागि ५ जनाको नाम सिफारिस भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जेष्ठता, कार्य सम्पादन र दुर्गम सेवाका आधारमा पाँच जनाको नाम सिफारिस गरेको हो।
सिफारिस भएका मध्ये पहिलो नम्बरमा भेरी अस्पतालमा कार्यरत सर्जन डा. श्याम सुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करी, तेस्रोमा डा. श्रीकृष्ण श्रेष्ठ, चौथो नम्बरमा डा संगिता मिश्रा र पाँचौ नम्बरमा डा गुणराज लोहनीको नाम सिफारिस गरेको हो ।
बढुवा समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले पाँच जनामध्येबाट तीन जनालाई प्रमुख विशेषज्ञमा बढुवा गर्नुपर्ने हुन्छ ।
अहिले स्वास्थ्य सेवा अन्तर्गत १२ तहमा मन्त्रालयमा दुई र वीर अस्पतालमा एक जनाको दरवन्दी रिक्त छ। चार दरवन्दीमध्ये एक जना प्रमुख विशेषज्ञ डा दिपेन्द्र रमण सिंह स्वास्थ्य सेवा विभागको महानिर्देशकको रुपमा कार्यरत छन्।
बाह्रौ तहमा बढुवा हुनका लागि २१ जनाले आवेदन दिएका थिए ।
सम्पर्क इमेल : [email protected]