चीनबाट आयो १० लाख २० हजार डोज भेरोसेल खोप

 

काठमाडौँ, १० कात्तिक । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ । खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट आज बिहान ९.४५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

यो खोप कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त नेपाल सरकारले खरीद गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो ।

खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ । आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *