कोभिडबाट अति प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँ बाड्ने कार्यविधि स्वीकृत

काठमाडौँ, ९ कात्तिक । सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यविधि स्विकृत गरेको हो ।

यो कार्यविधि स्वीकृत भएपछि कोभिड प्रभावित अति विपन्न नागरिकलाई १० हजार रुपैयाँ बाड्ने बाटो खुलेको छ ।

अर्थले यसअघि पनि यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । तर त्यसबेला प्रस्तावमा सुधार गर्नुपर्ने भन्दै फिर्ता पठाएको थियो। थप परिमार्जन सहित पठाइको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो।

यो कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रतिस्थापन विधेयकमा असोज १५ गते नै प्रभावित परिवारलाई रकम बाँड्ने भनिएपनि कार्यविधि तयार नहुँदा रोकिएको थियो।

यो कार्यक्रमा विशेषगरी कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका करीव ५ लाख घरपरिवार समेटिने छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *