डा. बासुदेव पाण्डेलाई ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ, १८ असार । सरुवारोग विज्ञ डा. बासुदेव पाण्डे ‘हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२०’बाट सम्मानित भएका छन्। शुक्रबार सम्पन्न स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलनको समापन समारोहमा डा. पाण्डेलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सम्मान गरिएको हो ।

नेपालमा सरुवा रोगहरुको अनुसन्धानमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको हो।

डा. पाण्डेले डेंगु,, जापनिज इन्सेफलाइटिस, चिकुनगोनिया भाइरस, जीका भाइरस, एचआइभी एड्स लगायतका अन्य भाइरसको बारेमा १ सय भन्दा बढी अनुसन्धान प्रकाशित गरेका छन् ।

यस्तै, उदयनारायण यादवलाई ‘हेल्थ रिसर्च अवार्ड २०२०’बाट सम्मानित गरिएको छ। उनले धेरै अनुसन्धान नेपालीहरुको स्वास्थ्यका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन् ।

यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर क्याटोगोरी) तर्फको अवार्ड डा विपिन अधिकारीले पाएका छन्। मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी इम्प्लोइ क्याटोगोरी) बाट डा विष्णु प्रसाद मरासिनीले पाएका छन् ।

‘बेस्ट पेपर अवार्ड पोस्टर’तर्फ दिक्षा न्यौपानेले पाएकी छिन्। दिक्षाले कर्णाली प्रदेशमा कोभिड केशहरुमा देखिएको लक्षण र त्यसले फैलाएको संक्रमणबारे पेपर प्रस्तुत गरेकी थिइन् ।

बेस्ट पेपर ओरल प्रिजेन्टेशन अवार्ड डा. निशान्त कटुवालले पाएका छन्। कटुवालले कर्णाली प्रदेशमा गरिएको कोभिड परीक्षणको आणविक विधिको तालिममा गरिएको अनुसन्धान प्रस्तुत गरेका थिए।

यसैगरी बेस्ट डिपार्टमेन्ट अवार्ड २०२० परिषदको अनुसन्धान विभागले पाएको छ।

दुर्गादेवी ज्ञवाली जेएनएचआरसी बेस्ट पेपर अवार्ड २०२० ‘इन्टेक एसेस्मेन्ट एण्ड डायग्नोस्टिक एक्युरेसी डिफिसिट हाइपरएक्टीभिटी डीस डायग्नोस्टिक स्केल बीइङ्ग डेभलप चिल्ड्रेन इन नेपाल’ भन्ने शीर्षकले पाएको छ। एनएचआरसी वेष्ट पेपर अवार्ड नर्मदा देवकोटाले पाएकी छन् ।

यस्तै यसबर्षको वेष्ट इम्प्लोई अवार्ड परिषदका सुरक्षागार्ड महेश्वर चौधरीले पाएका छन् ।

अवार्ड पाउनेहरुलाई प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, परिषदका अध्यक्ष प्राडा गेहनाथ बराल र कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले संयुक्त रुपमा प्रदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *