सोमबारको कोरोना अपडेट : ४४७२ थपिदा ६९५१ निको भए
काठमाडौँ, २४ जेठ । पछिल्लो चौविस घण्टामा ४ हजार ४७२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना मुक्त हुनेको संख्या ६ हजार ९५१ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटमा सोमबार १२ हजार २ जनाको पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन गरी कुल १७ हजार ९०३ जनाको परीक्षण गर्दा ३ हजार ३७० जना पीसीआर र १ हजार १०२ जनामा एन्टीजेन गरी कुल ४ हजार ४७२ जनामा पोजेटिभ देखिएको हो ।
यहि अवधीमा कोरोना संक्रमित ९२ जनाको ज्यान गएको छ ।
यस्तै काठमाडौँ उपत्यकाका सोमबार १ हजार ११५ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ र ललितपुरमा १९० जना गरी कुल १ हजार ११५ जना कोरोना संक्रमित थपिएका हुन् ।
सम्पर्क इमेल : [email protected]