स्वाथ्यकर्मीको सुरक्षा सम्वन्धी अध्यादेशको एमाले स्वास्थ्य विभागद्धारा स्वागत

काठमाडौँ, २३ जेठ । नेकपा एमालेको स्वास्थ्य विभागले राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत गरेको छ ।

विभागका प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशले लामो समय देखि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुले उठाउँदै आएको माग पुरा भएको दावी गरेका छन् ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रस्तुत गरिएको मस्यौदामा केही कमजोरी थियो । त्यसलाई हामीले सच्याउने प्रयत्न गर्‍यौं, स्वास्थ्य मन्त्री भेट्यौँ, कानून मन्त्री भेट्यौँ प्रधानमन्त्री भेट्यौँ र सच्याउनका लागि आग्रह गर्‍यौँ लिखित रुपमा सुझाव दियौँ । अहिले आएको अध्यादेशमा हाम्रा सुझावहरु समेटिएका छन् । स्वास्थ्यकर्मीहरुले उठाउँदै आएको विषयबस्तुहरु परेका छन् । त्यसकारण म सरकारलाई र राष्ट्रपति ज्यूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

गत २० जेठमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको थियो । संसोधित अध्यादेशमा अब स्वास्थ्यकर्मीमाथि हातपात गरेको खण्डमा गैरजवानी हिरासतमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ ।

हातपात गर्नेमाथि पाँच लाख सम्मको जरिवाना र पाँच बर्ष कैद हुने व्यवस्था राखिएको छ ।
अध्यादेश यस्तो छ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *