देशभर थपिए ६६५३ जना कोरोना संक्रमित, ८६६३ जना संक्रमणमुक्त
काठमाडौँ, २१ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
यहि अवधीमा थप ८ हजार ६ सय ६३ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप १ सय १ जना संक्रमितले ज्यान गुमाएका छन् ।
त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८९७ , भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना गरी थप १ हजार ३८४ जना थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप १४ हजार १ सय ८२ जनाको पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टीजेन विधिबाट गरी कुल २० हजार ८ सय १३ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ६ हजार ६ सय ५३ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
यी सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० र निको हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ४ सय २२ जना र भेन्टीलेटरमा ४०४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]