स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्णप्रसाद पौडेल

3.8k
Shares

काठमाडौँ, १४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक रहेका डा पौडेललाई मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी दिइएको हो ।

‘आजको मन्त्रीस्तरीय निर्णयबाट डा पौडेललाई जिम्मेवारी दिने निर्णय भएको हो,’ मन्त्रालयका सहसचिव दामोदर रेग्मीले भने ।

उनले डा पौडेललाई इडिसिडीको जिम्मेवारी सहित नै प्रवक्ता तोकिएको समेत स्पष्ट पारे ।

यसअघि प्रवक्ता रहेका डा जागेश्वर गौतम कोभिड १९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि सो पद खाली थियो । त्यसो त गौतमले सम्हालेको स्वास्थ्य समन्वय महाशाखा पनि अहिले खाली नै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *