काठमाडौँ उपत्यकामा थप २३१८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ८ जेठ । शनिबार काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना गरी थप २ हजार ३ सय १८ जना थपिएका हुन्।
त्यसैगरी आज देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ८ हजार ८४८ रहेको छ । एकैदिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै बढी हो । त्यसैगरी आज थप १२९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



