काठमाडौँ उपत्यकामा थप २३१८ जनामा कोरोना संक्रमण


काठमाडौँ, ८ जेठ । शनिबार काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय १८ जना  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना गरी थप २ हजार ३ सय १८ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ८ हजार ८४८ रहेको छ । एकैदिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै बढी हो । त्यसैगरी आज थप १२९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *