विश्व स्वास्थ्य संगठनले भन्यो, ‘नेपाललाई आपतकालिन सहयोगको खाँचो छ’
काठमाडौँ, १ जेठ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले कोरोनाबिरुद्ध जुधिरहेको नेपाललाई आपतकालिन सहयोगको खाँचो रहेको जनाएको छ । शुक्रबार को नियमित मिडिया ‘ब्रिफिङ’ का क्रममा डव्लुएचओका प्रमुख डा. टेड्रोस अधानाम गेब्रियससले नेपाललाई आपतकालिन सहयोगको खाँचो रहेको जनाएका हुन् ।
ब्रिफिङका क्रममा डा. टेड्रोसले भारतमा पछिल्लो समय देखिएको कोभिड संक्रमण र डव्लुएचओले गरेको सहायताबारेमा प्रसंग निकालेका थिए । सोही क्रममा उनले नेपाल सहितको अरु केही देशको नाम लिदै आपतकालिन खाँचोको आवश्यकता ती देशमा पनि रहेको स्पष्ट पारेका हुन् ।
सम्वोधनका क्रममा उनले भनेका छन, ‘भारतको अवस्था अवस्था निकै नै खराव छ । धेरै राज्यहरुमा संक्रमणको अवस्था, अस्पतालमा भर्ना हुनेको अवस्था र मृत्युको संख्या अहिले पनि निकै नै कहालीलाग्दो छ । विश्व स्वास्थ्य संगठनले अहिले हजारौँ हजार अक्सिजन कन्सन्ट्रेटर, मोवाइल फिल्ड हस्पिटलका लागि टेन्ट, माक्स तथा अन्य मेडिकल सामग्री पठाइसकेको छ । भारतका लागि सहयोग गर्नुहुने तपाईँ सबै सहयोगीहरुलाई धन्यवाद दिन चाहन्छु तर यतिवेला भारतलाई मात्रै होइन नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, इजिप्ट जस्ता देशहरुलाई पनि आकस्मिक सहयोगको खाँचो परेको छ । ती देशहरुमा संक्रमण, अस्पतालमा भर्ना हुनेको संख्या र मृत्युदर तिब्र गतिमा बृद्धि भएको छ ।’
पछिल्लो समस्य नेपालमा संक्रमण दर अस्पतालमा भर्ना हुनेको संख्या र मृत्युदर तिब्र गतिमा बढेको छ । अस्पतालहरुमा बेड अभाव, अक्सिजनको अभाव हुँदा कतिपय कोरोना संक्रमितहरुको ज्यान गएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

