पछिल्लो २४ घण्टामा थपिए ८५२० जना कोरोना संक्रमित, ६१३५ जना संक्रमणमुक्त
काठमाडौँ, ३१ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा नेपालमा थप ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ६ हजार १३५ जना निको भई घर फिर्किएका छन् ।अहिले निको हुने दर ७४.५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरको विवरण अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २० हजार ९ सय ४८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ४६७ र ५३० जनाको एन्टीजेन परीक्षण गर्दा ५३ गरी थप ८ हजार ५२० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज थप २०३ जना संक्रमितको मृत्यु भएको छ । हिजो शुक्रबार २१४ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेनटीनमा ५१६ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३३४ र भेन्टीलेटरमा ३७१ जना उपचाररत छन् ।
त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ३५ र २ सय भन्दा बढी संक्रमित भएका जिल्ला १९ वटा रहेका छन् । शून्य संक्रमित रहेका जिल्ला २ वटा छन् ।
सम्पर्क इमेल : [email protected]