पछिल्लो २४ घण्टामा थपिए ८९६० जना कोरोना संक्रमित, ५०५५ जना संक्रमणमुक्त
काठमाडौँ, ३० बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ९६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ हजार ५५ जना भने निको भई घर फिर्किएका छन् ।अहिले निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरको विवरण अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १९ हजार ४ सय ७४ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण र ७७१ जनाको एन्टीजेन परीक्षण गर्दा थप ८ हजार ९६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज थप २१४ जना संक्रमितको मृत्यु भएको छ । हिजो बुधबार १६८ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । क्वारेनटीनमा ४९७ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३८१ र भेन्टीलेटरमा ३८० जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]