स्वास्थ्य समूहका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर

डा राधिका थपलिया

काठमाडौँ, २३ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीले स्वास्थ्य समूहका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । त्रिपाठीले आज मन्त्रीस्तरीय निर्णय गर्दै तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रीका निजी सचिव प्रकाश अधिकारीका अनुसार स्वास्थ्य मन्त्री त्रिपाठीले स्वास्थ्य सेवा विभाग राष्टिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको जिम्मेवारी डा राधिका थपलियालाई दिएका छन् । सूचना केन्द्रका निर्देशक रहेका सुनील शर्मालाई तत्काल स्वास्थ्य सेवा विभागमा काम काज गर्ने गरी पठाइएको छ ।

यस्तै मन्त्री त्रिपाठीले उपचारात्मक महाशाखाका निर्देशक रहेका डा मदनकुमार उपाध्यायलाई स्वास्थ्य मन्त्रालय अन्तरगर्तको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी समेत थपि दिएका छन् ।

सो महाशाखा प्रमुख रहेका डा विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बनेपछि त्यहाँ खाली रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *