स्वास्थ्य समूहका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ, २३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीले स्वास्थ्य समूहका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । त्रिपाठीले आज मन्त्रीस्तरीय निर्णय गर्दै तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्रीका निजी सचिव प्रकाश अधिकारीका अनुसार स्वास्थ्य मन्त्री त्रिपाठीले स्वास्थ्य सेवा विभाग राष्टिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको जिम्मेवारी डा राधिका थपलियालाई दिएका छन् । सूचना केन्द्रका निर्देशक रहेका सुनील शर्मालाई तत्काल स्वास्थ्य सेवा विभागमा काम काज गर्ने गरी पठाइएको छ ।
यस्तै मन्त्री त्रिपाठीले उपचारात्मक महाशाखाका निर्देशक रहेका डा मदनकुमार उपाध्यायलाई स्वास्थ्य मन्त्रालय अन्तरगर्तको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी समेत थपि दिएका छन् ।
सो महाशाखा प्रमुख रहेका डा विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बनेपछि त्यहाँ खाली रहेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com