काठमाडौँ उपत्यकामा मात्रै थपिए ४८२५ जना कोरोना संक्रमित
काठमाडौँ, २२ बैशाख । कोरोना संक्रमण र त्यसबाट हुने मृत्युले दिनहुँ रेकर्ड राख्दै जाँदा काठमाडौं उपत्यकाको संक्रमण दरले पनि दिनहुँ उचाई लिदै गएको छ । पछिल्लो चौविस घण्टामा मात्रै उपत्यकाका तीन जिल्लामा ४ हजार ८२५ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संख्या देशभर आज थपिएको कुल संक्रमित संख्याको ५६ प्रतिशत हो । आज देशभर २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनाको पोजेटिभ आएको थियो ।
काठमाडौँ उपत्यकामा भक्तपुरमा ४५८ जना, ललितपुरमा ५१८ जना र काठमाडौँमा ३ हजार ८४९ जनामा कोरोना संक्रमण देखिएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौविस घण्टामा देशभर ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
६०० जना आइसीयूमा रहँदा १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।
देशभर पछिल्लो चौविस घण्टामा १ हजार ९९३ जना भने कोरोना जितेर घर फर्केका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com