भेरी अस्पतालका ५ जना कर्मचारी सहित १२७ जनामा कोरोना संक्रमण पुष्टी

बाँके, ३ वैशाख । बाँकेको भेरी अस्पतालका ५ जना कर्मचारी सहित १२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो चौबिस घण्टामा अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार कोरोना संक्रमण पुष्टि भएका १२७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी रहेका छन् ।
कोरोना संक्रमित मध्ये ४० जना आईसीयूमा , ७ जना भेन्टिलेटरमा र ४३ जना कोभिड वार्डमा राखेर उपचार भइरहेको छ ।
एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक भएको मेसु डा. थापाले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



