भेरी अस्पतालका ५ जना कर्मचारी सहित १२७ जनामा कोरोना संक्रमण पुष्टी

बाँके, ३ वैशाख । बाँकेको भेरी अस्पतालका ५ जना कर्मचारी सहित १२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो चौबिस घण्टामा अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।

अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार कोरोना संक्रमण पुष्टि भएका १२७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी रहेका छन् ।

कोरोना संक्रमित मध्ये ४० जना आईसीयूमा , ७ जना भेन्टिलेटरमा र ४३ जना कोभिड वार्डमा राखेर उपचार भइरहेको  छ ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक भएको मेसु डा. थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *