पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. डुकबहादुर क्षेत्री नियुक्त

काठमाडौँ, २२ चैत । सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा डुकबहादुर क्षेत्रीलाई नियुक्त गरेको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्च कमिटिले सिफारिस गरेको मध्येबाट डा क्षेत्रीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीको संयोजकत्वमा गठित कमिटीले डा. क्षेत्रीको नाम एक नम्बर, डा. श्रीकृष्ण श्रेष्ठको दुई नम्बरमा र डा. भरतबहादुर कार्कीको तीन नम्बरमा नाम सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *