चौविस घण्टामा देशभर थपिए ८९ जना कोरोना संक्रमित, ९५ जना डिस्चार्ज
काठमाडौँ, १५ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ८९ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा थप ९५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा २ हजार १ सय १ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ सय पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५ सय ३० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८२ रहेको छ । क्वारेनटिनमा ५७ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]