अमला खानु भएको छ ? यस्तो गर्छ फाइदा

डा. राजेन्द्र गिरी
डा. राजेन्द्र गिरी

हामी कहाँ सबैभन्दा बढी पाइने फल हो अमला । बारी, पाखो खरयान जंगल आदि जुनसुकै भागमा अमला फल्नसक्छ । तर यहि अमला आयुर्वेदिक औषधिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटि हो अमला । आयुर्वेदमा अति नै मानिने त्रिफलाका बनाउदा सबै भन्दा महत्वपूर्ण ठूलो हिस्सा अमला नै पर्दछ । त्यस्तै चेवनप्रासमा सबैभन्दा बढी प्रयोग ताजा अमलाको हुन्छ ।

आयुर्वेदिक मात्रै होइन आधुनिक चिकित्सा पद्धतीमा पनि यसको उत्तिकै महत्व मानिन्छ । भिटामिन सी को राजा अमलामा एन्टीअक्सिडेन्ट प्रयाप्त मात्रामा पाइन्छ ।

स्वास काश अर्थात खोक्दा खकारमा रगत आउने अवस्था । आम सर्वसाधारणले खकारमा रगत देखा पर्ने वित्तिकै क्षयरोग हो कि भन्ने सोच्ने गर्छन् । तर क्षयरोग नलागेको अवस्थामा पनि कहिलेकाहीँ यस्तो भै दिन्छ । खासगरी भिटामिन सिको कमी हुँदा पनि कहिलेकाँहि खकारमा रगत देखा पर्छ । त्यस्तो बेलामा अमलाको प्रयोग गर्दा राहत हुन्छ ।

अमलामा के के पाइन्छ ?

अमलामा भिटामिन सि पाइन्छ । र आयुर्वेदमा यसलाई षडरस अर्थात सबै रस मिल्ने तत्व भनेर महत्वपूर्ण औषधिको रुपमा मानिएको छ ।यसको सेवनले माइक्रो सर्कुलेसन अर्थात रक्तसञ्चार प्रक्रियामा केही बाधा देखिएको छ भने तुरुन्तै हल गर्न मद्धत गर्छ । त्यस्तै मेटावोलिक प्रक्रियामा पनि सहयोग पुरयाउछ ।

Amla-110

अमलालाई आयुर्वेदमा रसायनको रुमपा लिइन्छ । प्रयोगको हिसावले यसलाई रसायन भन्नासाथ यसले सबै रोग प्रतिरोध आदि निको पार्न मद्धत गर्छ ।

छाला सम्वन्धी रोग देखी रगत शुद्धिकरणसम्ममा काममा अमलाको प्रयोग बढी गरिन्छ । अमलाबाट बनेको आमलकी चुर्ण भन्छाँै हामी त्यो नियमित प्रयोग गर्दा ग्यास्टिक र इलोजन भएको घाउहरु सानो सानो घाउलाई पनि निको पार्छ ।

दैनिक रुपमा कति खाने ?

  • चुर्णको रुपमा दैनिक विहान बेलुका तीन देखी छ ग्राम दुधमा वा मनतातो पानीमा मिसाएर खाने ।
    केही खाना खाएपछि
  •  जुसको रुपमा ४० देखी ८० एमएलसम्म विहान बेलुका खान सकिन्छ ।
  • दाना प्रयोग गर्ने हो भने २४ घण्टामा ६ देखी ८ वटा दाना प्रयोग गर्न सकिन्छ ।(विहान दिउसो साँझसम्ममा सक्न सकिन्छ)
  • चेवनप्रासको हिसावले पनि एकचम्चा अमला मिसिएको चेवनप्रास ठूलो चम्चाको विहान बेलुका खान सकिन्छ । अर्थात ६ ग्रामसम्म हुन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *