स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका लागि ९७७ थप दरबन्दी सहित १८०८ पदको ओएनएम स्वीकृत (ओएनएम सहित)

876
Shares

काठमाडौँ, १४ जेठ ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ । सामान्यले संघीय पुल अन्तर्गत कूल १८०८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सामान्यबाट प्राप्त भएका यी स्वीकृत दरबन्दीहरूमा अब छिट्टै लोक सेवा आयोगबाट चरणबद्ध रुपमा खुल्ला पदपूर्ति प्रक्रिया सुरु गर्ने बताएको छ ।

अहिले मन्त्रालय अन्तर्गत मौजुदा ८३१ दरबन्दी रहेको छ । यसमा ९७७ नयाँ दरबन्दी थप गरी कूल १८०८ दरबन्दी कायम गरिएको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ । थपिएको दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ।

सचिवालयले यो स्वीकृत सूची मन्त्रालयको ‘संघीय पुल दरबन्दी’को संरचना मात्र भएको बताउँदै सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा प्रदेश र स्थानीय तहहरूमा निकट भविष्यमै ठूलो संख्यामा दरबन्दी खुल्ने जनाएको छ ।

 भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ ‘ओएनएम’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *