यी हुन् स्वस्थ रहनका लागि सजिला ६ तरिका
नेपाली हेल्थ २०८३ वैशाख २४ गते १४:२६ 0 
स्वस्थ, फिट र आकर्षक देखिने चहना सबैको हुन्छ । तर कतिपयलाई चाहना हुँदा हुँदै पनि बानी व्यवहारलाई नियन्त्रण गर्न नसक्दा पुरा हुन सक्दैन ।
तर नआत्तिनुस् आज हामी तपाईँलाई दैनिक रुपमा सजिलै प्रयोगमा ल्याउन सक्ने त्यस्ता तरिकाहरु सिकाउने छौँ । जसले तपाईँलाई स्वस्थ र फिट रहन मद्दत गर्छ । ती तरिका यसप्रकार छन्
१. विहान सबेरै उठ्नुस् :
स्वास्थ्य विशेषज्ञका अनुसार बिहान सबेरै उठ्नु तपाईँलाई लाभदायक हुन्छ । बिभिन्न अध्ययनहरुले पनि बिहान सबेरै उठ्नेमा रोगहरु पनि कम लाग्ने बताएका छन् । त्यसै गरी दिनभरी शरीर स्फूर्त राख्न पनि सबेरै उठ्नु जरुरी हुन्छ ।
२. जंक र प्रोसेस्ड खाना नखानु :
पोषणबिशेषज्ञका अनुसार सदैव स्वस्थ रहनका लागि जंक र प्रोसेस्ड खाना नखानु एकदम आवश्यक हुन्छ । जंक र प्रोसेस्ड खानामा केवल फ्याट मात्रै होइन नुनको मात्रापनि बढी हुन्छ । यसको बाहेक जंक खाना मोटोपना बढाउने अन्य धेरै रसायनहरु पनि अत्याधिक मात्रामा हुन्छ ।
३. खाना खाँदा पानी नपिउँ :
बिशेषज्ञका अनुसार खाना खाँदा पानी पिउनु राम्रो होइन खाना खानु भन्दा पहिले र खाइसकेपछि तुरुन्त पानी पिउनु पनि लाभदायक हुँदैन । खाना खानु भन्दा आधाघन्टा अगाडि र खाईसकेपछि आधा घन्टापछि मात्रै पानी पिउनु उत्तम मानिन्छ । चाहे जाडो महिनाहोस् या गर्मी दैनिक कम्तिमा सात आठ गिलास पानी पिउनु पर्छ । यसले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्छ साथै छाला स्वस्थ, चम्किलो र निखार राख्नपनि मद्दत गर्छ ।
४. रातिको खाना खाने समय :
तपाई मोटोपन बाट बच्च्न चाहनुहुन्छ भने राति सुत्नु भन्दा कम्तिमा पनि दुई तीन घन्टा अगाडि खानाखाने गर्नुस् । खाना खाईसकेपछि केही समय सामान्य हिड्डुल तथा केही क्रियाकलापमा सहभागी रहनुस् । यसले गर्दा खाएको खाना सजिलै पच्छ र पाचन प्रणालीलाई धेरै मेहेनत पर्दैन ।
५. रंगी विरंगी खाना :
पोषण विशेषज्ञहरु स्वस्थ रहन रंगी विरंगी खाना खान राम्रो हुने बताउछन् । यसको मतलव बजारमा पाइने कृतिम रंग हालेका खाना खाने भनेको भने होईन । प्राकृतिक रुपमा पाइने सबै प्रकारका खाना, सब्जी, फलफूल, दाल, गेडागुडी, माछामासु आदिलाई मिलाएर आफ्नो खानामा समावेश गर्नु पर्छ भनिएको हो ।
६. शारीरिक ब्यायाम/योगा/ध्यान :
स्वस्थ र फिट रहन खानामा जति ध्यान दिनुहुन्छ त्यति नै शारीरिक ब्यायाममा समय दिन जरुरी हुन्छ । कडा शारीरिक ब्यायाममा समय दिन नसके पनि बिहान बेलुका केही समय सामान्य हिँडडुल र केही समय योगा अथवा ध्यानमा लगाउनु भयो भने तपाईको शरीर स्वस्थ, स्फूर्त र फिट रहने निश्चित छ ।
सम्पर्क इमेल : [email protected]
-
डब्लुएचओद्धारा स्वास्थ्य क्षेत्र उत्कृष्ठ योगदान गर्ने चार जना चिकित्सकलाई ‘ग्लोबल हेल्थ अवार्ड’ प्रदान
-
स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग
-
इबोला भाइरस कस्तो प्रकारको रोग हो ? नियन्त्रणका लागि के के उपाय छन् ?
-
केयुको स्कूल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा मनोज हुमागाईं
-
३६ जना गैरआवासीय चिकित्सकको नाम दर्ता कितावबाट हटाउने काउन्सिलको निर्णय उल्टियो
-
-
अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा उठ्यो आवाज: कामको सम्मान, कार्यस्थल सुरक्षा र समान सुविधा चाहियो
-
विश्व स्वास्थ्य सभामा सहभागी हुन स्वास्थ्य मन्त्री मेहता जेनेभा जाँदै, भ्रमणदलमा अरु को – को ?
-
एमबीबीएस र बीडीएसमा इन्टर्न विद्यार्थीलाई निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
VONOPRAZAN FUMARATE : नेपाली औषधी उद्योगको ऐतिहासिक छलाङ र आउँदो चुनौतीको घण्टी
-
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बने डा. अनुज भट्टचन
-






