कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक: प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

100
Shares

सुर्खेत, २० जेठ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ।

बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री यामलाल कँडेलले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताएका हुन्।

मुख्यमन्त्री कँडेलले यसको लागि अन्य स्वास्थ्य संस्थाहरूसँग समेत सहकार्य गर्ने बताएका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री कँडेललाई सभामुख नन्दा गुरुङले प्रदेश सकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिएकी थिइन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *