रामजीप्रसाद घिमिरे बने लुम्बिनी प्रदेशको नयाँ स्वास्थ्य मन्त्री, सारुले दिए धन्यवाद

बुटवल, २० जेठ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा रामजीप्रसाद घिमिरे नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्दा घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका हुन् ।
यद्धपी उनको सपथ तथा बदबहाली हुन बाँकी छ ।
मुख्यमन्त्री आचार्यले घिमिरे सहित पाँच नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
यसअघि आजै विहान एमालेबाट सहभागी भएका चार जना मन्त्रीले सामुहिक राजिनामा दिएका थिए । त्यसमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु पनि थिए ।
साढे तीन वर्ष बढी स्वास्थ्य मन्त्री बनेका मन्त्री सारु प्रदेशका अरु मन्त्री मन्त्री भन्दा अब्बल देखिए । सहज रुपमा काम गर्ने, घुलमिल हुन सक्ने स्वभावका मन्त्री सारुले जिम्मेवारीबाट बाहिरिएपछि सेवा गर्ने अबसरका लागि सबै प्रति कृतज्ञ रहेको बताएका छन् ।

नव नियुक्त मन्त्री घिमिरे २०७९ सालको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए । उनी नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

