स्वास्थ्यको फार्मेसी समूहमा पाँचौँ देखि ११ औँ तहसम्मका २३ दरबन्दी थपियो

544
Shares

काठमाडौँ, १५ जेठ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति भएर आएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम)मा फार्मेसी समूहमा विभिन्न पद तथा उपसमूहका २३ दरबन्दी थप भएको छ ।

सामान्यले संघीय पुल अन्तर्गत ९७७ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको विवरणमा फार्मेसी तर्फ प्रमुख औषधी व्यवस्थापक (११ औँ तह)मा १ दरबन्दी थप भएको उल्लेख छ ।

यस्तै ९/१० तहको बरिष्ठ औषधी व्यवस्थापक पदमा ३ वटा दरबन्दी थप गरिएको छ ।

यसैगरी ७/८ तहको फार्मेसी अधिकृत तहमा थप ५ वटा दरबन्दी थप भएको छ । यस्तै ५/६/७ तहको फार्मेसी सहायक पदमा १४ दरबन्दी थप गरिएको छ ।

यो पुल दरबन्दी भएकोले मन्त्रालयले आवश्यकताका आधारमा जहाँ पनि पठाउन सक्नेछ ।

फार्मेसी समूहका जनशक्ति खासगरी औषधी व्यवस्था विभागको संघीय कार्यालय र प्रार्देशिक कार्यालयमा अभाव भएको सुनिदै आएको हो । थप दरबन्दीले ती निकायहरुबाट हुने सेवा प्रवाहमा सकारात्मक प्रभाव छाड्ने विश्वास गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *