Nepali Health
A Complete Health News Portal From Nepal : Article, Tips, Sex, Beauty, Policy, Interview, International Health, Nepal Health,
यस्तै कन्भलेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका अधिकांश बिरामीको अवस्था जटिल देखिएको थियो । यो विधिबाट उपचार गरिएका बिरामीहरुको निको हुने दर ३९ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा गत जुलाई देखि अक्टोबरसम्म विभिन्न ३० वटा अस्पताल भर्ना भई उपचार गराएका १ हजार ३१५ जना बिरामीलाई समेटिएको थियो । सो क्रममा रेम्डेसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिएका ५ प्रतिशत बिरामीमा भने प्रतिकूल असर देखिएको थियो । डिस्चार्ज हुने समयमा उनीहरु पनि पूर्ण रुपमा निको भएको परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै गम्भीर संक्रमण देखिएका बिरामीहरुलाई समावेश गरिएको र औसत उमेर ५५ वर्ष रहेको परिषद्ले जनाएको छ । यस्तै अध्ययन्मा ७३.६ प्रतिशत पुरुष, ९२.५ प्रतिशत विवाहित र २५.६ प्रतिशत स्वास्थ्यकर्मी थिए ।
परिषदले अध्ययनमा सहभागी भएकामध्ये धेरै बिरामीहरुलाई मुटुको रोग, मधुमेह, उच्च रक्तचाप, धूमपान र फोक्सोको दीर्घरोग रहेको बताएको छ ।
यस्तै अधिकांश बिरामीहरुलाई गम्भीर र जीवन जोखिममा हुने संक्रमितको रुपमा बर्गीकृत गरिएको थियो भने करीब एक चौथाई बिरामीलाई मध्यम संक्रमितको रुपमा बर्गिकृत गरिएको थियो ।
प्रतिवेदनको साराशं यस्तो छ :
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website