कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर र प्लाज्मा थेरापी प्रभावकारी २०७७ फागुन ११ गते २१:२२ मा प्रकाशित - नेपाली हेल्थ काठमाडौँ, ११ फागुन । कोरोना भाइरस (कोभिड -१९) संक्रमितको उपचारका लागि रेम्डेसिभिर र प्लाज्मा थेरापी विधि प्रभावकारी भएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अवलोकन अध्ययन प्रतिवेदनले ती दुवै उपचार विधि पाउने संक्रमितमध्ये ७४ प्रतिशतको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको हो ।परिषद्ले मंगलबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा मध्यम संक्रमण भएकाहरुलाई रेम्डेसिभिरबाट उपचार गर्दा ९८ प्रतिशतभन्दा बढी निको भएको उल्लेख छ ।यस्तै कन्भलेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका अधिकांश बिरामीको अवस्था जटिल देखिएको थियो । यो विधिबाट उपचार गरिएका बिरामीहरुको निको हुने दर ३९ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।अध्ययनमा गत जुलाई देखि अक्टोबरसम्म विभिन्न ३० वटा अस्पताल भर्ना भई उपचार गराएका १ हजार ३१५ जना बिरामीलाई समेटिएको थियो । सो क्रममा रेम्डेसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिएका ५ प्रतिशत बिरामीमा भने प्रतिकूल असर देखिएको थियो । डिस्चार्ज हुने समयमा उनीहरु पनि पूर्ण रुपमा निको भएको परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।यस्तै गम्भीर संक्रमण देखिएका बिरामीहरुलाई समावेश गरिएको र औसत उमेर ५५ वर्ष रहेको परिषद्ले जनाएको छ । यस्तै अध्ययन्मा ७३.६ प्रतिशत पुरुष, ९२.५ प्रतिशत विवाहित र २५.६ प्रतिशत स्वास्थ्यकर्मी थिए ।परिषदले अध्ययनमा सहभागी भएकामध्ये धेरै बिरामीहरुलाई मुटुको रोग, मधुमेह, उच्च रक्तचाप, धूमपान र फोक्सोको दीर्घरोग रहेको बताएको छ ।यस्तै अधिकांश बिरामीहरुलाई गम्भीर र जीवन जोखिममा हुने संक्रमितको रुपमा बर्गीकृत गरिएको थियो भने करीब एक चौथाई बिरामीलाई मध्यम संक्रमितको रुपमा बर्गिकृत गरिएको थियो ।प्रतिवेदनको साराशं यस्तो छ : Facebook Comment थप समाचार आज देशभर १ लाख ६५ हजार बढीले कोभिडबिरुद्धको खोप लगाए ‘कोभ्याक्स सुविधा’ अन्तरगतको पहिलो खेप खोप काठमाडौँ आईपुग्यो प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोभिडबिरुद्धको खोप कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण आजबाट, ६५ बर्ष माथिकालाई खोप दिईंदै नेपाल पेडियाट्रिक सोसाईटीको नयाँ कार्यसमिति,अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित कोभिड–१९ विरुद्धको खोप सबै जनतामा सकेसम्म छिटो पुर्याउने प्रयासमा छौँ : स्वास्थ्यमन्त्री त्रिपाठी