काठमाडौँ उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण

212
Shares


काठमाडौँ, ९ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा १ सय ९० जना गरी कुल ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएके हो ।

देशभर थप १ हजार ७ सय ९० जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा २ हजार ७ सय ९१ जना कोरोनाबाट निको भएको र थप २४ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *