काठमाडौँ उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण


काठमाडौँ, ९ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा १ सय ९० जना गरी कुल ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएके हो ।

देशभर थप १ हजार ७ सय ९० जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा २ हजार ७ सय ९१ जना कोरोनाबाट निको भएको र थप २४ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *