भरतपुर अस्पतालको निमित्त मेसु बने डा. जगन्नाथ तिवारी

1.0k
Shares

काठमाडौँ, ८ मंसिर । भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरीटेन्डेनको जिम्मेवारी डा जगन्नाथ तिवारीलाई दिईएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय मार्फत रिक्त रहेको मेसु पदमा अर्को व्यवस्था नभएसम्मका लागि डा तिवारीलाई जिम्मेवारी दिने निर्णय भएको हो । उनी दशौँ तहका चिकित्सक हुन् ।

यसअघि मन्त्रालयले अढाई महिना पुगनपुग मेसु बनेका डा राजन पाण्डेले गत साता दिएको राजिनामा स्वीकृत गरेको थियो । राजिनामा दिदै गर्दा डा पाण्डेले डा तिवारीलाई नै निमित्त दिएका थिए ।

‘डा पाण्डेले राजिनामा दिएपछि पनि उहाँले नै निमित्तको रुपमा चलाउनु भएको हो तर आजको निर्णयले निमित्त भएपनि आर्थिक अधिकार सहितको जिम्मेवारी पाउनु भएको छ,’ अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भने ।

मेडिकल जरनलिष्ट समूहका डा तिवारी यसअघि सो अस्पतालको आकस्मिक विभागका प्रमुख समेत हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *