काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना संक्रमण
काठमाडौँ, ७ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ जना गरी कुल ९५७ जनामा कोरोना संक्रमण देखिएके हो ।
यो संख्या आज देशभर देखिएको कुल संक्रमित सख्याको ५७ प्रतिशत हो । आज देशभर ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६९ जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा ५ हहजार ६९९ जना कोरोनाबाट निको भएको र १६ जनाको ज्यान गएको उल्लेख गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



