चौविस घण्टामा देशभर थप १४७७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या २७९८ जना

196
Shares

काठमाडौँ, ३० कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४७७ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार ७९८ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ६ हजार ४७६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४७७ जना (२३ प्रतिशतमा) मा कोरोना संक्रमण देखिएको हो । यहि अवधीमा ६ जनाको ज्यान गएको छ ।

काठमाडौँ उपत्यकामा थपिए ८०७ जना
यसैबीच काठमाडौँ उपत्यकामा आइतबार थप ८०७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा ६३२ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा १३३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर भने आज १ हजार ४७७ जना संक्रमित थपिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *