स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेल नियुक्त

6.9k
Shares

काठमाडौँ, २० कात्तिक । सरकारले स्वास्थ्य वीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी लोक सेवा आयोगले सिफारिस गरेमध्येका तेस्रो नम्बरका व्यक्ति हुन् । आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई बुझाएको तीन जनामा पहिलो नम्बरमा डा दामोदर बसौला र दोस्रोमा डा कृष्णप्रसाद अधिकारीको नाम थियो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य विषयमा अध्यापन गर्ने पौडेल नेपाल राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको महासचिव समेत हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *