काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण

248
Shares

काठमाडौँ, १२ कात्तिक । बुधबार काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६९६ जना, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी कुल ८४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ४३ प्रतिशत हो ।

आज देशभर १ हजार ९५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार आज थपिएको संख्या संगै काठमाडौँ उपत्यकामा कोरोनाको सक्रीय संक्रमितको संख्या १६ हजार २०१ पुगेको छ ।

भक्तपुरमा सक्रीय संक्रमितको संख्या १ हजार ७९ रहेको छ ।

ललितपुरमा सक्रीय संक्रमितको संख्या २ हजार ३९८ पुगेको छ ।

केही महिना अघिसम्म तराईँका जिल्लामा भयावह देखिएको कोरोना संक्रमणदर अहिले उपत्यकामा बढेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *